बुधवार, आश्विन १४ गते २०८३

क्यान अध्यक्ष चन्द बने बैतडी कांग्रेसको सभापति

बुधवार , मंसिर ८, २०७८

काठमाडौं। नेपाली कांग्रेस बैतडीको सभापतिमा चतुरबहादुर चन्द निर्वाचित भएका छन्।

अन्तिम मत परिणामअनुसार ८ सय ९ मत ल्याएर चन्द कांग्रेस बैतडीको सभापतिमा निर्वाचित भएका हुन्। चन्द नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष हुन्। उनका निकटतम प्रतिद्वन्द्वी शिवराज भट्टले ४ सय ८९ मत प्राप्त गरेका छन्।

उपसभापतिमा शिवराज भट्ट प्यानलका वीरबहादुर विष्टबाहेक अरु सबै पदमा चन्द प्यानलका उम्मेदवार विजयी भएका हुन्। विष्टले ६५८ मत प्राप्त गरेर विजय हासिल गरेका छन्।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार