काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागी आन्दोलनरत नेपाल बार एसोसियनले आज उच्च अदालतमा पुगेर प्रर्दशन गरेको छ। नेपाल बार एसोसिएसनले मुलुकभरका १८ उच्च अदालतमा बुधबार विरोध प्रदर्शन गरिरहेको छ।
बारले बुधबार दिउँसो १२ बजेदेखि उच्च अदालतहरूमा विरोध प्रदर्शन गरिरहेको छ। त्यसका लागि बारका पदाधिकारी र केन्द्रीय प्रतिनिधि उच्च अदालतहरूमा पुगेका छन्।
ललितपुर पाटन उच्च अदालतमा केन्द्रीय अध्यक्ष चण्डेश्वर श्रेष्ठ र उच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्य लगायतको सहभागिता रहेको छ। न्यायालयमा विकृति, विसंगति, विचौलिया बढाएको आरोप लगाउँदै राजीनामा गर्नुपर्ने माग गरिरहेको छ।