बुधवार, आश्विन १४ गते २०८३

नेपाली महिला क्रिकेट टोलीले आज कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दै

बिहिवार , मंसिर ९, २०७८

काठमाडौं। नेपाली महिला क्रिकेट टोलीले आज कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दैछ। आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको तेस्रो खेलमा बिहान सवा ११ बजे नेपाल र कुवेतबीचको खेल हुनेछ।

दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा हुने खेलमा नेपाल जित निकाल्ने योजनामा हुनेछ। छनोट अन्तर्गत पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित नेपालले दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराएको थियो।

विश्वकपको ग्लोबल छनोटका लागि सम्भावना जिवितै राख्न नेपालले आजको खेल पनि जित्नुपर्ने छ। प्रतियोगिताको चौथो खेल नेपालले शुक्रबार मलेसियासँग र पाँचौ खेल आइतबार युएईविरुद्ध खेल्ने छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार