काठमाडौं। पत्रकार नारायण वाग्लेले प्रधानमन्त्री शेर बहादुर देउवालाई सुतेर बस्ने भए बुढानिलकण्ठ फर्किए हुन्छ भनेर टिप्पणी गरेका छन्। बृहत नागरिक आन्दोलनमा सक्रिय पत्रकार वाग्लेले न्यायालयको समस्यामा प्रमुख राजनीतिक दलका नेताहरु चुप बसेको भन्दै आक्रोश पोखेका छन्।
सर्वोच्च अदालतबाट सुरु भएको न्याय मार्चको बालुवाटारमा समापन गर्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवा एक महिनादेखि बालुवाटारमा सुतिरहेको टिप्पणी गरे। एक महिना न्यायालय अवरुद्ध हुँदाखेरि न्यायालको समस्या समाधान गर्नुपर्नेमा बेवास्ता गरेको भन्दै पत्रकार वाग्लेले अक्रोश पोखे।
उनले भने, ‘जसले बुढानीलकण्ठमा सुतिरहेका व्यक्तिलाई पानी छम्केर बालुवाटार ल्यायो । तिनी एक महिनासम्म बालुवाटारमा सुतेको सुत्यै छन्। यदि सुतिरहने हो भने बुढानीलकण्ठ फर्के हुन्छ’ उनले भने।
पत्रकार वाग्लेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्यायपालिकाको समस्यालाई नजरअन्दाज गर्दै फैसला गर्ने सबै न्यायाधीशको राजीनामा मागेको भन्दै विरोध जनाए। उनले ओलीलेलाई राजनीति छाडेर देवघाट जान सुझाव दिए।