शनिवार, कार्तिक ८ गते २०८३

अन्तरधार्मिक शान्ति महासंघद्वारा काठमाडौं महानगरलाई स्वास्थ्य सामग्री प्रदान

बिहिवार , मंसिर ९, २०७८

काठमाडौं। अन्तरधार्मिक शान्ति महासंघ नेपालले काठमाडौं महानगरपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा बुधबार आयोजित कार्यक्रममा महासंघले करिब चार लाख बराबरको स्वास्थ्य सामग्री महानगरपालिकालाई हस्तान्तरण गरेको हो।

कोरोना संक्रमण रोकथामका लागी महासंघलाई सहायता गर्ने हेतुले स्वास्थ्य सामाग्री प्रदान गरेको शान्ति महासंघले जनाएको छ। महासंघका महासचिव डा. महेन्द्र भट्टराईले यो सहयोगले कोभिड नियन्त्रणमा सघाउ पुग्ने विश्वास व्यक्त गरे। कार्यक्रममा बोल्दै भने, ‘कोभिड-१९को जोखिम बढीरहेको छ। हाम्रो तर्फबाट पनि यसको नियन्त्रणमा केही सघाउ होस् भन्ने हेतुले महानगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हौं।’

हस्तान्तरण भएका सामान बुझ्दै काठमाडौं महानगरपालिले यसलाई आवश्यकता र प्राथामिकताको आधारमा बितरण गर्ने बताएको छ। स्वास्थ्य शाखा प्रमुख सजिना महर्जनले सहयोगले कोभिड नियन्त्रणमा सघाउ पुग्ने भन्दै दातालाई धन्यवाद समेत दिईन्।

महासंघले सातवटै प्रदेशमा स्वास्थ्य सामाग्री वितरण गर्ने कार्यक्रम अन्तरगत बुधबार बागमती प्रदेशमा सामान हस्तान्तरण गरेको हो। सामाग्री हस्तान्तरण कार्यक्रममा महांसघका प्रतिनिधि, महानगरपालिकाका प्रतिनिधि र पत्रकारहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार