काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दसौं महाधिवेशन चितवनको नारायणी किनारमा सुरू भएको छ। महाधिवेशनको उद्घाटन समारोह अहिले चलिरहेको छ। महाधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओली गर्नेछन्।
उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका नेताहरूले सम्बोधन गर्ने र शुभकामना दिने छन्। उद्घाटन समारोहमा सम्बोधन गर्न प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चितवन पुगेका छन्।
नेकपा (माओवादी केन्द्र) का नेता लीलामणि पोखरेल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा लगायत नेताले सम्बोधन गर्ने कार्यक्रम छ।

