काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतको विवादबारे सत्ता गठबन्धन दलका नेतासँग तत्काल बैठक गरी एक/दुई दिनमै दृष्टिकोण सार्वजनिक गर्ने बताएका छन्। सर्वोच्च अदालतको विवादबारे ध्यानाकर्षणपत्र बुझाउन शुक्रबार प्रधानमन्त्री निवास बालुवाटर पुगेका नेपाल बार एसोसिएसनका पदाधिकारी तथा वरिष्ठ अधिवक्ताहरूलाई देउवाले यस्तो आश्वासन दिएका हुन्।
भेटमा बारका पदाधिकारीले न्यायपालिकाका विकृति र विसंगतिविरुद्धमा आफूहरुले गरिरहेको आन्दोलनबारे प्रधानमन्त्रीलाई अवगत गराएको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए।