बुधवार, आश्विन १४ गते २०८३

इटली र पोर्चुगल: एक टिम मात्र विश्वकपमा छनोट हुने

शनिवार , मंसिर ११, २०७८

काठमाडौं। फिफा विश्वकपका लागि युरोपियन प्लेअफको ड्र सार्वजानिक भएको छ। प्लेअफमा धकेलिएका १२ टिमलाई तीन समूहमा विभाजन गरी सेमिफाइनलबाट खेल खेलाइने छ। प्रतियोगिता मार्च २४ देखि २९ सम्म हुनेछ।

क्रिश्टियानो रोनाल्डोको पोर्चुगल र युरो च्याम्पियन इटाली एकै समूहमा रहेका छन्। सेमिफाइनलमा पोर्चुगल र टर्की भिड्दा अर्को खेलमा इटाली र नर्दन मेसोडोनियाले प्रतिस्पर्धा गर्ने छन्। सेमिफाइनलमा पोर्चुगल र इटालीले आ(आफ्नो खेलमा जित निकालेमा फाइनलमा यी दुईबीच प्रतिस्पर्धा हुनेछ।

यसको अर्थ पोर्चुगल र इटालीमध्ये एक टीमले विश्वकप गुमाउने पक्का छ। सेमिफाइनलमानै पराजित भएमा टर्की र मेसोडोनियाको सम्भावना पनि रहने छ।

त्यस्तै‚ स्कटल्यान्ड र युक्रेन भिड्दा अर्को खेलमा वेल्सले अस्ट्रियाको सामना गर्नेछ। यदि उक्त खेलमा स्कटल्यान्ड र वेल्स फाइनल पुगेका दुईबीच कार्डीफमा कतार प्रवेशको भिडन्त हुनेछ। वेल्स ६४ वर्षदेखि विश्वकप प्रवेशको प्रतिक्षामा रहँदा स्कटल्यान्ड २४ वर्षदेखि विश्वकपको प्रतिक्षामा छ।

त्यस्तै‚ रसिया र पोल्यान्ड तथा स्विडेन र चेक रिपब्लिकबीच अर्को सेमिफाइनल हुनेछ। जहाँबाट हुने दुई टिमबीच फाइनलमा प्रतिस्पर्धा हुँदा अर्को एक टिमले कतार विश्वकपमा स्थान बनाउने छ। समग्रमा चार समूहका फाइनल विजेताले विश्वकपमा स्थान बनाउने पक्का छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार