शुक्रवार, आश्विन १६ गते २०८३

एमाले महाधिवेशन : अध्यक्ष मण्डलको बैठक सुरु

आइतवार , मंसिर १२, २०७८

काठमाडौं। नेकपा एमालेको अध्यक्ष मण्डलको बैठक सुरु भएको छ। पार्टी अध्यक्षले तयार गरेको पदाधिकारी र सदस्यहरुको नामावलीबारे छलफल गर्न बैठक सुरु भएको हो। बैठकले उक्त नामावलीलाई अनुमोदन गर्नेछ। शनिबार बन्दसत्रले पार्टीको पदाधिकारी र सदस्यहरु चयन गर्ने अधिकार पार्टी अध्यक्षलाई दिएको थियो। अध्यक्ष मण्डलको बैठकपछि सो नामावलीलाई बन्दसत्रमा पेस गरिनेछ।

अध्यक्ष ओलीले आइतबार दिनभर छलफल गरेर प्यानल तयार गरेका छन्। ओली केही बेर अघिमात्रै उनी आफू बसेको होटलबाट निस्किएर बन्दसत्र स्थल पुगेका हुन्। यता कार्यकर्ताहरुले ओलीको पक्षमा र भिम रावलको विरोधमा नारावाजी पनि गरेका छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार