बुधवार, आश्विन १४ गते २०८३

मेस्सीले जिते सातौं पटक बालोन डि’ओर अवार्ड

मंगलवार , मंसिर १४, २०७८

काठमाडौं। प्रतिष्ठित बालोन डि’ओर अवार्ड अर्जेन्टिनाका स्टार फुटबलर लिओनल मेस्सीले जितेका छन्। उनले यो अवार्ड कीर्तिमानी सातौ पटक जितेका हुन्।

यो सिजन बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन गएका उनले बार्यन म्युनिख तथा पोल्याण्डका रोबर्ट लेभान्डोस्की, चेल्सी तथा इटलीका जोर्जिन्हो र रियल मड्डि तथा फ्रान्सका करिम बेन्जिमालाई पछि पारे। ३४ वर्षका मेस्सीले यो वर्ष अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि जिताउन मदत गरेका थिए।

उनले सिनियर टिमबाट देशका लागि जितको यो अन्तराष्टिय उपाधि समेत हो। साथै ४० यो वर्ष उनले ४० गोल समेत गरेका थिए।विश्वभरका १८० पत्रकारहरुको मतदान गर्ने यो अवार्ड, २००८ देखि लगातार सम्म कि त मेस्सीले पाए कि क्रिष्टियानो रोनाल्डोले। २०१८ मा लुका मोडरिकले त्यो क्रमलाई भंग गरे।

२०१९ मा मेस्सीले पाए भने २०२० मा कोरोना महामारीका कारण हुन सकेन। यो वर्ष फेरि मेस्सीले जितेका छन्। उननले २००९, २०१०, २०११, २०१२, १०१५, २०१९ र २०२१ गरी सात पटक यो अवार्ड पाएका हुन्। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार