बुधवार, आश्विन १४ गते २०८३

नेयमार चोटका कारण दुई महिना मैदान बाहिर रहने

मंगलवार , मंसिर १४, २०७८

काठमाडौं। ब्राजिलियन स्टार तथा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर नेयमार जुनियर दुई महिना मैदान बाहिर रहने भएका छन्। पिएसजीले सोमबार विज्ञप्तिमार्फत नेयमार ६ देखि आठ हप्ता मैदान बाहिर रहने बताएको हो।

२९ वर्षीय नेयमार घुँडाको चोटका कारण मैदान बाहिर रहने भएका हुन्। आइतबार लिग वानअन्तर्गत सेन्ट इटेनेसँगको खेलमा ३-१ ले विजयी हुँदा घाइते भएका थिए। पिएसजीका प्रशिक्षक माउरिसियो पोचेटिन्होले चोट गम्भीर नभएको बताए पनि घुँडाको लिगामेन्टमा समस्या देखिएको बताएका छन्। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार