सोमवार, श्रावण २५ गते २०८३

त्रिविको निर्णय खारेज गर्न विद्यार्थी संगठनको माग

बिहिवार , मंसिर १६, २०७८


करारमा रहेका जनशक्तिलाई स्थायी गर्ने त्रिवि सभाको निर्णय खारेज गर्न ६ विद्यार्थी संगठनले माग गरेका छन् । १० वर्षदेखि करारमा रहेका जनशक्तिलाई स्थायी गर्ने निर्णयप्रति आपत्ति जनाउँदै सो निर्णय खारेज गर्नुपर्ने माग गरेका हुन् ।  

अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन, क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारी, नेकपा निकट अखिल क्रान्तिकारी) र राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौँले आज संयुक्त रुपमा विज्ञप्ति जारी गरी युवाहरूले पनि प्रतिस्पर्धा गर्न पाउने गरी विज्ञापन खुलाउन माग गरेका छन्।

विज्ञप्तिमा निर्णय खारेज गरी खुल्ला प्रतिस्पर्धाबाट पदपूर्तिका व्यवस्था लागु नगरे कडा सङ्घर्ष गर्न बाध्य हुने चेतावनी दिइएको छ । गएको मंगलबार बसेको त्रिवि सभा बैठकले १० वर्ष देखि करारमा रहेको जनशक्तिलाई स्वत: स्थायी गर्ने निर्णय गरेको थियो । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार