बुधवार, आश्विन १४ गते २०८३

‘ए’ डिभिजन लिगमा आजदेखि तेस्रो चरणका खेल हुँदै

शुक्रवार , मंसिर १७, २०७८

काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आज दुई वटा खेल हुँदैछन्।

पहिलो खेलमा फ्रेन्ड्स क्लब र थ्री स्टारबीच हुने खेल दिउँसो एक बजेदेखि सुरु हुनेछ।

त्यस्तै आज हुने दोस्रो खेलमा सातदोबाटो युथ क्लब र एपीएफ क्लब खेल्दैछन्।

सातदोबाटो र एपीएफबीचको खेल बेलुका पौने ५ बजे सुरु हुनेछ। फ्रेन्ड्स २ खेलमा १ अङ्कका साथ दशौँ स्थानमा रहेको छ।

थ्री स्टारको दुई खेलमा ३ अङ्क छ। थ्री स्टार अङ्कतालिकामा सातौँ स्थानमा छ।

त्यस्तै सातदोबाटो दुई खेलमा ४ अङ्कका साथ छैटौँ र अङ्कविहीन रहेको एपीएफ १३ औँ स्थानमा छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार