काठमाडौं। क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको ८०० सय गोल पूरा गर्दा म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा आर्सनलाई ३-२ ले पराजित गरेको छ।
घरेलु मैदान ओल्डट्राफोर्डमा रोनाल्डोले दुई गोल गरेपछि युनाइटेडले एक गोलले पछि परेको स्थिति उल्टाउँदै जित हात पारेको हो।
रोनाल्डोले ५२औं मिनेटमा गोल गर्दै युनाइटेडलाई २(१ को अग्रता दिलाउँदै ८ सयौँ गोल पूरा गरेका थिए।