बिहिवार, आश्विन १५ गते २०८३

आजको मौसम: यी क्षेत्रमा हिमपातको सम्भावना

शनिवार , मंसिर १८, २०७८

काठमाडौं। पछिल्लो तीन दिनदेखिको प्रतिकूल मौसममा क्रमशस्सुधार हुँदै जाने भएको छ। पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव क्रमशस् कमजोर बन्दै गएको यो।

यी मौसमी प्रणालीका कारण शुक्रबार साँझ काठमाडौं उपत्यकामा हल्का वर्षा भएको थियो। शनिबार देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य बाँकी भूभागमा आंशिक बदली रहनेछ।

प्रदेश १, बागमती र गण्डकीको उच्च पहाडी र हिमाली भूभागको एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। 

राति प्रदेश १ को पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १ को पहाडी भूभागको एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार