काठमाडौं। राजधानीमा भर्खरै मात्रै सञ्चालनमा आएको पाँच तारे होटल ‘हायात प्यालेस’ले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। होटल हायात प्यालेसले आईपीओ निष्कासनका लागि ग्लोबल आईएमई क्यापिटलसँग सहमति समेत गरिसकेको छ।
कुल लगानीको १० प्रतिशत आईपीओ बिक्री खुलाउने तयारी भइरहेको हायात प्यालेसका अध्यक्ष शक्ति गोल्यानले जानकारी दिए। यसका लागि हाल कम्पनीको डकुमेन्टेसनको काम भइरहेको छ। क्यापिटलले हायात प्यालेसले आईपीओ जारी गर्न चाहिने सम्पूर्ण विवरण तयार पारिरहेको गोल्यानले जानकारी दिए।