बुधवार, आश्विन १४ गते २०८३

यू-१९ राष्ट्रिय क्रिकेटको उपाधि लुम्बिनीले जित्यो

आइतवार , मंसिर १९, २०७८

काठमाडौं। काठमाडौंमा सम्पन्न यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले हात पारेको छ। आइतबार भएको र्फानल खेलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेशलाई  ११३ रनले पराजित गर्दै उपाधि जितेको हो।

खेल टियु मैदान कीर्तिपुरमा भएको फाइनल खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरमा सम्पुर्ण विकेट गुमाएर २१२ रन तयार गरेको थियो।२१३ रनको विजयी लक्ष्य पछ्याएको सुदुरपश्चिम २८.३ ओभरमा ९९ रनमा अलआउट भएपछि लुम्बिनीले सहज जित निकालेको हो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार