काठमाडौं। शहिद स्मारक ए डिभिजन लिगमा मनाङ मस्र्याङ्दीले आफ्नो विजयी यात्रालाई निरन्तरता दिंदा त्रिभुवन आर्मी फुटबल क्लबले आफ्नो दोस्रो जित निकालेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज दिउँसो भएको खेलमा मनाङले फ्रेण्ड्स क्लबलाई २–० गोल अन्तरले पराजित गरेर आफ्नो तेस्रो जित निकालेको हो ।
लिगको चौथो चरणअन्तर्गतको पहिलो खेल जितेसँगै १० अंकसहित मनाङ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसको जितमा अफिज ओलावाले ओलाडिपो र दिनेश राजबंशीले १–१ गोल गरे । अर्को खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले च्यासल युथ क्लबलाई २–० गोल अन्तरले पराजित गरेको छ । त्रिभुवनको जितका लागि जर्ज प्रिन्स कार्की र जगजित श्रेष्ठले १–१ गोल गरे ।
जितसँगै त्रिभुवन ८ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । भोलि हुने खेलमा सातदोबाटो युथ क्लब र न्यू रोड टीम दिउँसो १ बजे भिड्नेछन् । हिमालयन शेर्पा क्लब र मछिन्द्र क्लब भने अपरान्ह् पौने ५ बजे आमने सामने हुनेछन् ।
यस्तै, अखिल नेपाल फुटबल संघ एन्फाले शहिद स्मारक ए डिभिजन लिगलाई पहिलो पटक काठमाडौं बाहिर खेलाउने भएको छ । लिगअन्तर्गतको पाँचौं, सातौं र आठौं चरण्को खेल मनाङको घरेलु मैदान पोखरा रंगशालामा हुने एन्फाल