काठमाडौं। अफगानिस्तानको काबुलमा भएका दुई विस्फोटमा कम्तिमा दुई जनाको मृत्यु भएको छ । छुट्टा छुट्टै स्थानमा भएका विस्फोटमा परेर चार जना घाइते भएका छन् । काबुलस्थित दश्त ए बर्ची जिल्लामा मिनीबसमा विस्फोट हुँदा दुई सर्वसाधारणको मृत्यु भएको तालिवानी अन्तरिक मन्त्रालयले जनाएको छ ।
सो विस्फोटको हालसम्म कसैले पनि जिम्मेवारी नलिएको समाचारमा जनाइएको छ । यसअघि गत नोभेम्बरमा पनि दस्त ए बर्चीमै मिनीबसमा बम आक्रमण हुँदा दुई जनाको मृत्यु भएको थियो भने पाँच जना घाइते भएका थिए । यस्तै अक्टोबरमा मस्जिदमा आक्रमण हुँदा कम्तिमा ६० जनाको मृत्यु भएको थियो ।