काठमाडौं। साफ अन्डर-१९ महिला च्याम्पियनसिप फुटबल आजबाट प्रतियोगिता आजबाट बंगलादेशको ढाकामा सुरु हुँदै छ । प्रतियोगितामा आज नेपालले घरेलु टोली बगंलादेशसंग प्रतिस्पर्धा गर्ने भएको छ । खेल नेपाली समयअनुसार बेलुकी ७ बजे सुरु हुने छ । आजबाट सुरु हुन लागेको प्रतियोगिता अनतरगत दोस्रो खेलमा नेपाल, बंगलादेशलाई घरेलु मैदानमा स्तब्ध पार्दै सुखद सुरुवात गर्ने योजनामा छ ।
नेपाली राष्टिय टोलीबाट १५ जना खेलाडी साफ फुटबल प्रतियोगितामा सहभागी भएका छन् । ढाकाको वीरश्रेष्ठ शहीद सिपाही मुस्तफा कमल स्टेडियममा हुने पहिलो उद्धघाटन खेलमा भने भुटान र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ सुरु हुनेछ ।