बुधवार, आश्विन १४ गते २०८३

ए डिभिजन लिगमा आजबाट पाँचौँ चरणका खेल हुने, पहिलो दिन दुई खेल

शुक्रवार , पौष २, २०७८

काठमाडौं। सहिद स्मारक ‘ए’ डिभिजन लिगको पाँचौँ चरणको खेलहरू आजबाट शुरु हुँदैछ । पाँचौ चरणको पहिलो दिन आज दुई खेल हुने तालिका छ । आज हुने पहिलो खेलमा सातदोबाटो युथ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।  सातदोबाटो र आर्मीबीचको खेल दशरथ रंगशालामा दिउँसो १ बजे सुरु हुनेछ ।

आर्मीविरुद्ध मैदान उत्रदा सातदोबाटो तेस्रो जितको खोजीमा हुनेछ । सातदोबाटो ४ खेलमा ७ अंक जोडेर लिगको पाँचौं स्थानमा रहेको छ । तर, आर्मीलाई हराउन सातदोबाटोलाई सहज भने छैन । आर्मी ४ खेलमा ८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

आजको दोस्रो खेलमा संकटा क्लब र साविक विजेता मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ । संकटा र मछिन्द्रबीचको खेल अपरान्ह ४ : ४५ मा सुरु हुनेछ । संकटा ४ खेलमा ८ अंक जोडेर चौंथो स्थानमा रहेको छ । मछिन्द्र भने १० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार