बुधवार, आश्विन १४ गते २०८३

प्रधानमन्त्रीकप महिला क्रिकेट : प्रदेश १ को कर्णालीमाथि फराकिलो जित

शनिवार , पौष ३, २०७८

काठमाडौं। प्रधानमन्त्रीकप महिला क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई १ सय ६० रनको फराकिलो अन्तरले पराजित गरेको छ। धनगढीको फाप्ला क्रिकेट मैदानमा पहिले ब्याटिङ गर्दै प्रदेश १ ले २० ओभरमा दुई विकेट गुमाएर १ सय ६६ रन बनाएको थियो।

जवाफमा कर्णाली ६ रनमा समेटियो। कुनै पनि खेलाडीले दोहोरो स्कोर बनाउन सकेनन्। प्रदेश १ का लागि अलिशा खडियाले पाँच विकेट लिइन्। उनले चार ओभरमा तीन मेडेर राखेर मात्र एक रन खर्चिएकी थिइन्। त्यस्तै संगीता राईले दुई तथा सवनम राईले एक विकेट लिइन्।

त्यसअघि पहिलो ब्याटिङ गरेको प्रदेश १ ले मध्यम स्कोर बनायो। दोस्रो विकेटका लागि कप्तान रुविना क्षेत्री र अप्सरी बेगमले १ सय ६५ रनको साझेदारी गर्दै टिमलाई राम्रो लयमा पुर्‍याएका थिए। रुविनाले ६४ बलमा १० चौका प्रहार गर्दै ७६ रन बनाउँदा अप्सरी बेगमले ६२ बलमा पाँच चौकाको मद्दतले ६१ रनको योगदान दिइन्। प्रतियोगिता शनिबारबाट सुरु भएको हो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार