बुधवार, आश्विन १४ गते २०८३

ए डिभिजन लिगमा जावलाखेलद्वारा च्यासल युथ क्लब १-० ले पराजित

शनिवार , पौष ३, २०७८

काठमाडौं। सहिद स्मारक ए डिभिजन लिगमा जावालखेल युथ क्लबले पहिलो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको दिनको पहिलो खेलमा च्यासल युथ क्बलाई १-० ले पराजित गर्दै पहिलो जित निकालेको छ। 

लिगको चौथो चरण सम्म गोलको खाता खोल्न नसकेको जावलाखेललाई जित दिलाउन विदेशी खेलाडी निकोलस फर्नान्डेजले गोल गरे। ३७ औं मिनेटमा निकोलसले गरेको गोल नै जावलाखेलका लागि जारी लिगमा पहिलो गोल भएको छ।

च्यासलका डिफेन्डर केचा यानिक गल्तीको फाइदा उठाउँदै ओनगना एन जुनियरको पासमा निकोलसले उत्कृष्ट फिनिस गर्दै टोलीलाई अग्रता दिलाएका थिए। बाँकी समयमा च्यासल खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन र जावलाखेललाई अंक सुम्पिन बाध्य बन्यो।

यस सँगै जावलाखेलले सिजनको पहिलो जित निकाल्दै तालिकमा वरियता सुधार गरेको छ। रेलिगेशन क्षेत्रमा रहेको जावलाखेलको ५ खेलमा ४ अंक रहेको छ। जावलाखेल १० औं स्थानमा उक्लिएको छ भने च्यासल ११ औं स्थानमा रहेको छ। लिगमा भोलि हिमालयन शेर्पा र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार