काठमाडौं। कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएर अमेरिकी अस्प्पतालहरुमा ठूलो संकट ल्याउन सक्ने चेतावनी विज्ञहरुले दिएका छन् । अमेरिकी शंक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले नजिकिदो क्रिसमसले दिनुभएको हो । डा. फाउचीले ओमिक्रोन छिटौ फैलिने सक्ने भएकाले यसले आपतकाल ल्याउन धेरै समय नलिने समेत बताउनुभयो ।
पछिल्लो समय अस्पतालहरुमा संक्रमितको संख्या बढेर समस्या बढ्दै गएको भन्दै उहाँले तत्काल सचेतना नपनाए ठूलो संकट निम्तिन सक्ने चेतावनी दिनुभएको छ । युरोपका देशहरुमा फ्रान्स र जर्मनीले यात्रामा प्रतिबन्ध लगाइरहदा अमेरिकाले ठूलो कदम चालेको छैन । यद्यपी, हिजो मात्रै नेदर्ल्याण्ड्सले पनि लकडाउनको घोषणा गरेको छ । तर अमेरिकाले यात्रा प्रतिबन्धदेखि संक्रमणबाट बच्न ठूलो कदम चाल्न ढिला गरेकाले ओमिक्रोनका कारण अवस्था नियन्त्रणबाहिर जान सक्ने चिन्ता विज्ञहरुले व्यक्त गरेका छन्