बुधवार, आश्विन १४ गते २०८३

सहिद स्मारक ’ए’ डिभिजन लिगको छैटौँ चरणका खेल आजबाट सुरु हुँदै

शुक्रवार , पौष ९, २०७८

काठमाडौं। सहिद स्मारक ’ए’ डिभिजन लिग ०७८ को छैटौं चरणका खेल आजबाट सुरु हुँदैछन् । पहिलो दिन आज दशरथ रंगशालामा दुई खेल हुनेछन् । पहिलो खेलमा एपीएफ र एनआरटी भिड्ने छन् । एपीएफ ५ खेलबाट ४ अंक जोडेर ११ औं स्थानमा छ । एनआरटी भने ५ खेलबाट ६ अंकमा सातौं स्थानमा छ ।

एपीएफ र न्युरोडबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । त्यस्तै दोस्रो खेलमा पुलिस र फ्रेन्ड्स क्लब खेल्नेछन् । पुलिसको ५ खेलबाट ५ अंक छ र ११ औं स्थानमा छ । फ्रेन्ड्स भने ५ खेलबाट २ अंकमै सीमित रहेर अन्तिम स्थानमा छ । फ्रेन्ड्समाथि रेलिगेसनको डर बढ्दै छ । पुलिस र  फ्रेन्ड्सबीचको खेल अपरान्ह ४ः४५ बजे सुरु हुनेछ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार