काठमाडौं। अफ्रिकी राष्ट्र मोरिसससंगको पहिलो अन्तराष्ट्रिय मैत्रिपुर्ण खेलमा नेपालले जित हाँसिल गरेको छ।
दशरथ रंगशालामा आज बेलुकी भएको खेलमा नेपालले मोरिससलाई १–० गोलले पराजित गरेको हो। नेपालको जितमा फरवार्ड विमल घर्ती मगरले ५५ औं मिनेटमा गरेको. गोल नै निर्णायक बन्यो। उनले अन्जन बिष्टको पासमा गोल गरेका हुन्। बिमल राष्ट्रिय टिममा करिव एक बर्षपछि मात्रै फर्केका हुन्।
कमव्याकको पहिलो खेलमै उनले गरेको गोलमा नेपालले जित हाँसिल गरेको हो। आजको खेलमा मिडफिल्डर सुदीप गुरुङ र आकाश बुढमगरले डेब्यू गरे। दोस्रो मैत्रीपुर्ण खेल भने मंगलबार हुनेछ। नेपालले पहिलो पटक अफ्रिकी टोलीसँग अन्तर्राष्ट्रिय खेल खेलेको हो।