बिहिवार, आश्विन १५ गते २०८३

टोकियो ओलम्पिकमा ५ खेलाडीसहित २६ जना जाने टुङ्गो

मंगलवार , आषाढ २९, २०७८

काठमाडौं । जापानमा हुने टोकियो ओलम्पिका लागि नेपालबाट ५ खेलाडी ४ प्रशिक्षक गरी कुल २६ जनाले सहभागिता जनाउने तय भएको छ ।

प्रतियोगिता आगामी २३ जुलाईबाट ८ अगस्टसम्म आयोजना हुनेछ । नेपालबाट पौडीमा २ जना तथा सुटिङ र जुडोमा १ जनाले सहभागिता जनाउने निश्चित भएको हो । 

ओलम्पिकमा सहभागि पौडीकी गौरिका सिंहले वुमेन्स १०० सय मिटर फ्रि स्टाइल र एलेन्जान्डर शाहले मेन्स १०० मिटर फ्रि स्टाइलमा सहभागिता जनाउनेछिन् ।

त्यस्तै सुटिङकी कल्पना परियारले वुमेन्स १० मिटर एयर राइफल, जुडोकी सानिया भट्टले वुमेन्स ४८ केजी तौल समूह तथा एथलेटिक्सकी सरस्वती चौधरीले वुमेन्स १०० मिटर दौडमा सहभागिता जनाउने तय भएको हो ।

प्रशिक्षकमा पौडीका शंकर कार्की, सुटिङका असिम यादव, जुडोका सूर्यनारायण श्रेष्ठ र एथलेटिक्सकी इन्द्राकुमारी मल्ल छन् ।

नेपाली टिमको ’सेफ द मिसन’का रुपमा राष्ट्रिय खेलकूद परिषदको सदस्य सचिव रमेश कुमार सिलवाल रहनेछन् । कोरोना महामारीका कारण २०२० मानै हुनुपर्ने प्रतियोगिता एक वर्षपछि धकेलिएको थियो । प्रतियोगिता एक वर्षपछि सुरु हुन लागेको हो ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार