काठमाडौं । निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरेको छ। निर्वाचन आउन ४१ दिन बाँकी रहँदा आयोगले चुनाव चिह्न वितरण गरेको हो।
आयोगले काठमाडौं क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवारी दिएका प्रकाश अधिकारीलाई क्यामेरा चुनाव चिन्ह प्रदान दिएको छ । निर्वाचन आयोगले बुधबार मध्यान्ह अधिकारीलाई क्यामेरा चुनाव चिन्ह दिएको हो।
उनी चुनाव चिन्ह लिन निर्वाचन अधिकृतको कार्यालय थली पुगेका थिए । आयोगले थलीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ।उम्मेदवारीका आधारमा जिल्ला अनुसार निर्वाचन चिह्न वितरण गर्न थालिएको आयोगले जनाएको छ।