शुक्रवार, आश्विन २३ गते २०८३

दिनदुखीहरुको अभिभावक तिल बहादुर कार्की राष्ट्रिय सेवा सम्मान–२०७९ द्वारा विभुषित

आइतवार , कार्तिक २७, २०७९

काठमाडौँ । संयुक्त अपांग एकता आवाज केन्द्रका अध्यक्ष अनाथ दिनदुखीहरुको अभिभावक समाजसेवी तिल बहादुर कार्की राष्ट्रिय सेवा सम्मान–२०७९ द्वारा विभुषित भएका छन् ।

शनिबार राष्ट्रिय नाचघर जमलमा तिलक फिल्मस प्रालिको छैटौं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको बिशेष समारोहमा प्रमुख अतिथि गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले र मधेशी आयोगका अध्यक्ष डा बिजय कुमार दत्तले भव्य समारोहका बीच कार्कीलाई सम्मान गर्नु भएको हो।

सम्मानित कार्की आफू अशक्त हुँदा हुदै पनि संयुक्त अपांग एकता आवाज केन्द्र मार्फत गरिब, असहाय तथा अपाङ्गता भएका ५० जना बालबालीकाहरुलाई पालन पोषण तथा शिक्षा दिदै उनिहरूको अभिभावक बनेका छन् ।

सम्मानित भएपछि कार्कीले खुसि ब्यक्त गर्दै आफुलाई लायक सम्झेर सम्मान गरेकोमा तिलक फिल्मस प्रालिका अध्यक्ष दिपक जोशीलाई धन्यबाद दिदै अनाथ दिनदुखी बालबालिकाहरुको साहारा दिन क्रियाशील हुन र परोपकारी काम गर्न यो सम्मानले प्रेरणा मिलेको बताउनुभयो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार