काठमाडौँ । बेलायतमा रहेका नेपाली उद्यमि दयानिधी सापकोटाले लेस्टर युनिभर्सिटी-२०२२को अन्तरक्रीयामा नेपालको प्रतिनिधित्व गर्ने अबसर प्राप्त गरे।
लेस्टर युनिभर्सिटी ल सोसाइटी र युरोपियन कानुन बिद्यार्थी संघको सयुक्त आयोजनामा सो कार्यक्रम भएको थियो। लेस्टर ल स्कुलमा नोबेम्बर १४ मा ५० बिद्यार्थीका बिच भएको अन्तरकृयामा दयानिधि सापकोटाले बिधार्थिको जिज्ञासाको समेत उत्तर दिदै आफनो सफल व्यावसायिक जिवनको सफल कथा सुनाएका थिए।
उद्यमि सापकोटाले बिजयी मानसिक्ता मस्तिष्कमा राखेर अघि बड्दा हरेक युवा बिजय हुन्छन् भन्ने कुरा बिद्यार्थीलाई सुनाउदा उपस्तिथित बिद्यार्थी अत्यन्त प्रसन्न देखिन्थे । उनी इटालियन रेस्टुरेन्ट ,विस्ट्रो ओजि, र ओजि सिम्प्ली इटालियनका सन्चालक हुन् ।
उनले आथित्य उद्द्मसिलताको बारेमा समेत आफ्ना कुरा राखेका थिए। दयानिधी सापकोटा सँगै स्टिभ इभान्स (सलिसिटर), मार्क वेकर(युके एभिएसन समुहका निर्देसक), डेभिड गोडेन(मार्केटिङ स्नातक भर्ना कर्ता )को पनि उपस्थिति थियो।उद्यमि सापकोटाले टोकन अफ लभ समेत ग्रहण गरेका थिए। यस अन्तरकृयामा आफु उपस्तिथि भयर जिवनको अनुभव सुनाउन पाउँदा धेरै खुशी लागेको उद्यमि सापकोटाले बताए।