शुक्रवार, आश्विन २३ गते २०८३

रामचन्द्र पौडेलले पाए जापानको राजकीय सम्मान

बिहिवार , मंसिर २९, २०७९

काठमाडौं। जापान सरकारले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राजकीय सम्मान प्रदान गर्ने भएको छ। 

सन् २०२० अप्रिल २९ मा घोषणा भएको ‘अर्डर अफ द राईजिङ सन’ सम्मान उनलाई जापानी दुतावासले उनकै निवासमा विशेष कार्यक्रम गरी बिहीबार दिउसो प्रदान गर्न लागेको जनाएको छ।

सो राजकीय सम्मानको सुरुवात जापानी सम्राट मेइजिले सुरु गरेका थिए।

विश्वका विशिष्ट व्यक्तिहरुलाई वर्षको दुई पटक प्रदान गरिने यस सम्मान घोषणामा नेता पौडेल र माइक्रोसफ्टका संस्थापक विल गेट्स थिए ।

वरिष्ठ नेता पौडेललाई विशेषतः पूर्व सभामुखको हैसियतमा दुई देशबीचका सांसदबीचको सम्पर्कलाई सक्रिय बनाउन र त्यसपछि नेपाल-जापान सम्बन्ध सृदृढमा गरेको योगदानका लागि कदर गरिएको हो।

वरिष्ठ नेता पौडेलले आफू सभामुख रहँदा सन् १९९९ मा नेपाल-जापान मैत्री संसदीय लिग स्थापना गर्नुका साथै त्यसको पहिलोे अध्यक्ष समेत रहेका थिए । उनी सन् २०१७ सम्म लिगको नेतृत्वमा रहनुका साथै द्विपक्षीय सम्बन्धको प्रवर्द्धनमा पनि सक्रिय रूपमा संलग्न थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार