शुक्रवार, आश्विन २३ गते २०८३

राजनीतिको आवरणमा सरकारले अपराधलाई छुट दिन खोज्यो : रावल

बिहिवार , मंसिर २९, २०७९

काठमाडौं। नेकपा एमालेका नेता डा. भीम रावलले सरकारले राजनीतिको आवरणमा अपराधलाई छुट दिन खोजेकाे बताएका छन्। 

बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले फौजदारी क्रियाकलाप गर्नेलाई छुट दिन सरकारले अध्यादेश ल्याएको बताए।

उनले सरकारको कदमले देशलाई कुशासनको बाटोमा धकेलेको टिप्पणी गरे । उनले भने, ‘कुनै एउटा व्यक्तिले भोलि फौजदारी क्रियाकलाप गर्ने, अनि एउटा राजनीति दल खोलेर सरकारसँग सम्झौता गरेर आफ्ना अपराधका क्रियाकलापबाट मुक्त हुने त्यो बाटो यो अध्यादेशले खोल्नेछ ।’

सबै राजनीतिक दलहरु निर्वाचनमा भाग लिएकाले कोही हिंसात्मक बाटोमा नलागेको उनको भनाइ छ ।

‘मेरो कुनै दलसँग पूर्वाग्रह छैन । कुन व्यक्ति छुट्छ छुट्दैन भन्ने बिषय होइन। यो विषय देश कानुनबाट चल्छ कि चल्दैन’उनले प्रश्न गर्दै भने ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार