काठमाडौं। सरकारले ल्याएको अध्यादेश रोक्न खोजेको भन्दै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले देशव्यापी आन्दोलनको घोषणा गरेको छ । सरकारले ल्याएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले रोक्न खोजेको भन्दै नेकपाले आन्दोलनको घोषणा गरेको हो।
नेकपाले पुस १ गते देशव्यापी रुपमा गाउँदेखि शहरसम्म प्रदर्शन, २ गते देशव्यापी रुपमा कोणसभा, ३ गते देशव्यापी सदरमुकाम र मुख्य शहरमा अन्तक्रिया, ४ गते साँझ देशव्यापी मसाल जुलुस र ५ गते बिहान १० बजेदेखि ११ बजेसम्म चक्काजाम गर्ने निणर्य गरेको छ।
सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयका लागि ल्याइएको अध्यादेश रोक्ने षड्यन्त्र भएपछि संघर्षको कार्यक्रम घोषणा गरेको नेकपा प्रवक्ता खड्कप्रसाद विश्वकर्मा (प्रकाण्ड)ले बताए।
सरकारले ल्याएको अध्यादेश अहिले शितलनिवासमा पुगेर रोकिएको छ। त्यसको चौतर्फि विरोध भइरहेको छ ।