बुधवार, आश्विन १४ गते २०८३

साफ यू-२० महिला च्याम्पियनसिप: नेपालको पहिलो प्रतिद्वन्दी बंगलादेश

शुक्रवार , पौष १, २०७९

काठमाडौं। बंगलादेशमा आयोजना हुने साफ यू-२० महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ ।

दक्षिण एसियाली फुटबल फेडेरेसनले बिहीबार तालिका सार्वजनिक गरेको हो।

ढाकामा आयोजना हुने च्याम्पियनसिप २०२३ को फेब्रुअरी ३ देखि ९ सम्म आयोजना हुनेछ ।

प्रतियोगितामा नेपाल, आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ ।

राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा आयोजक बंगलादेशसँग खेल्नेछ । खेल फेब्रुअरी ३ मा हुनेछ ।

यस्तै नेपालले फेब्रुअरी ५ मा भुटान र फेब्रुअरी ७ मा भारतसँग खेल्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार