बुधवार, आश्विन १४ गते २०८३

क्वार्टरफाइनलबाटै बाहिरिएपछि पोर्चुगलका मुख्य प्रशिक्षकले दिए राजीनामा

शुक्रवार , पौष १, २०७९

कतार विश्वकपको क्वार्टरफाइनलबाटै पोर्चुगल बाहिरिएपछि राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक फर्नान्डोज सान्तोषले राजीनामा दिएका छन्।

विश्वकपको क्वार्टरफाइनलमा मोरक्कोसँग १–० ले पराजित भएपछि ६८ वर्षिय सान्तोषले राजीनामा दिएका हुन्। 

८ वर्ष पोर्चुगलको राष्ट्रिय टोली सम्हालेका सान्तोषले २०१६ को युरोकप र २०१९ मा युइएफए नेसन्स लिगको उपाधि टोलीलाई दिलाएका थिए। 

सान्तोषले राजीनामा दिएपछि पोर्चुगिज फुटबल महासंघ (एफपीएफ)ले सान्तोष र उनको टेक्निकल टोलीलाई अहिलेसम्मको यात्राको लागि धन्यवाद दिएको छ।

यो ८ वर्ष अद्धितिय रहेको भन्दै यो धन्यवाद पोर्चुगिज जनताको तर्फबाट पनि भएको बताएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार