शुक्रवार, आश्विन २३ गते २०८३

कर्णाली  सरकारको नेतृत्वमा माओवादीको औपचारिक दावी

शुक्रवार , पौष १, २०७९

काठमाडौं। कर्णाली प्रदेश सरकारको नेतृत्वमा नेकपा माओवादी केन्द्रले दावी गरेको छ।

प्रदेश कमिटीको बैठकले कर्णालीमा माओवादी नेतृत्वको सरकार गठन गर्नेगरी गठबन्धनमा सिट बाडफाँट गर्न केन्द्रीय नेतृत्वलाई आग्रह गर्ने निर्णय गरेको हो ।

बैठकले २०७४ सालको निर्वाचनको तुलनामा कर्णालीमा समानुपातिक मत वृद्धि भएको निष्कर्ष समेत निकालेको प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिईन्।

कर्णाली प्रदेश सभामा सत्ता गठबन्धनसँग सरकार बनाउन सहज हुनेगरि बहुमत आएको छ। कांग्रेस र माओवादीले बराबर सरकारको नेतृत्व गर्ने विषयमा अनौपचारिक सहमति जुटेपनि पहिला कसले नेतृत्व गर्ने भन्नेबारे भने सहमति जुट्न सकेको छैन।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार