शुक्रवार, आश्विन २३ गते २०८३

जनतालाई सही दिशामा डोर्याउन नसक्दा चुनावले गलत नतिजा दियोः ओली

शनिवार , पौष २, २०७९

काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनतालाई सही दिशामा डोर्‍याउन नसक्दा नतिजा दिएको बताएका छन्। 

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो तबाएका हुन्। 

चुनावको परिणामले राजनीतिक बजारलाई महँगो पारेको भन्दै यसले अस्थिरता उत्पन्न गरेको उनको भनाइ छ । उनले जनतालाई सचेत गराउन नसक्नु प्रमुख दलको नेताको हैसियतले आफ्नो पनि कमजोरी रहेको पनि बताए।

सत्ता गठबन्धनले आफ्नो संख्या नपुगेर थप अरू दल खोजेर झन् ठूलो गठबन्धन बनाउन खोजे पनि त्यसको आकार प्रष्ट नभएको ओलीको भनाई छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार