बुधवार, आश्विन १४ गते २०८३

विश्वकपः मोरक्कोविरुद्ध क्रोएसियालाई २-१ को अग्रता

शनिवार , पौष २, २०७९

काठमाडौं। कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत तेस्रो स्थानका अहिले क्रोएसिया र मोरक्कोबीच प्रतिस्पर्धा भईरहेको छ ।

खालिफा अन्तराष्ट्रिय स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा मोरक्कोविरुद्ध क्रोएसियाले २-१ गोलको अग्रता बनाएको छ ।

निकै प्रतिस्पर्धात्मक खेलमा क्रोएसियाले खेलको सातौं मिनेटमा नै अग्रता लिएको थियो । जोस्को भार्डीओलले हेडरमार्फत उत्कृष्ट गोल गर्दै क्रोएसियालाई अघि बढाए । फ्रिकिकमा इभान पेरिसिचले दिएको हेडर पासलाई उनले डाइभ दिँदै गोलमा परिणत गरे ।

तर मोरक्कोले २ मिनेटपछि नै गोल फर्कायो । अक्रफ दारीले मोरक्कोलाई सेट पिसमा क्लियर हुन नसकेको बलमा गोल गरेका थिए । उनले फ्रिकिकबाट आएको बललाई क्रोएसियाका डिफेन्डरले क्लियर गर्न नसक्दा हेडरमार्फत गोलतर्फ पठाए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार