शुक्रवार, आश्विन २३ गते २०८३

एकीकृत समाजवादी संसदीय दलको बैठक बस्दै

सोमवार , पौष ४, २०७९

काठमाडौं। नेकपा एकीकृत समाजवादीले सोमबार संसदीय दलको बैठक बोलाएको छ ।

पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकले दलको नेता चयन गर्ने बुझिएको छ ।

समानुपातिकमा थ्रेसहोल्ड कटाउन नसकेको नेकपा एसका १० जना सांसद छन् । दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत चयन हुने निश्चित छ ।

यसअघि आइतबार नेपालले लोसपा अध्यक्ष महन्थ ठाकुर र वामपन्थी नेता वामदेव गौतमसँग राजनीतिक भेटघाट र छलफल गरेको नेकपा एसले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार