बुधवार, आश्विन १४ गते २०८३

नेपाल टी-२० लिग शुक्रबारबाट, ६ विदेशी खेलाडी नेपाल आईपुगे

मंगलवार , पौष ५, २०७९

काठमाडौं। शुक्रबारबाट सुरु हुने नेपाल टी-ट्वान्टी लिगमा सहभागी हुने ६ विदेशी खेलाडी सोमबार नेपाल आएका छन्। 

नेपाल टी-ट्वान्टीमा सहभागी रहने जनकपुर रोयल्सका २ तथा विराटनगर सुपर किंग्सका ४ खेलाडीहरु नेपाल आईपुगेका हुन् । रोयल्समा अनुबन्ध भएका वेस्ट इण्डिजका चाडविक वाल्टन र ट्रेवोन ग्रिफ्ट नेपाल आईपुगेका हुन्  ।

त्यस्तै विराटनगरमा अनुबन्ध भएका वेस्ट इण्डिजका आन्द्रे म्याकार्थी र किओन जोसेफ तथा अमेरिकाका गौरान्शु शर्मा र राज रकि नानन पनि आईपुगेका छन् । 

खेलाडी सोमबार साझँ नेपाल आईपुगेका हुन् । जनकपुर रोयल्सका मुख्य प्रशिक्षक उमेश पटवाल पनि सोमबार साँझ नै नेपाल आईपुगेका छन् । 

May be an image of 2 people, people standing and indoor

कीर्तिपुरस्थित टियु मैदानमा हुने पहिलो संस्करणको प्रतियोगिता पुस ८ गतेबाट २६ गतेसम्म हुनेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं नाइट र पोखरा एभेन्जर्सबीच खेल हुनेछ ।

पहिलो दिन नै लुम्बिनी अल स्टार्स र फार वेस्ट युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहने छ ।

यस लिगको पहिलो संस्करणमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्टर्न युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार