शुक्रवार, आश्विन २३ गते २०८३

यी हुन् मातृभाषामा सपथ लिने २६ सांसद [सूचीसहित]

बिहिवार , पौष ७, २०७९

२६ जना नवनिर्वाचित सांसदहरूले मातृभाषामा शपथग्रहण गर्ने भएका छन् । बिहीबार हुने शपथग्रहण समारोहका लागि उनीहरूले यसअघि नै आफूले शपथ ग्रहण गर्न चाहेको मातृभाषा उल्लेख गराएका थिए ।

उर्दु, तामाङ, भोजपुरी, अवधि, थारु, मैथली लगायत मातृभाषामा उनीहरूले शपथ ग्रहण गर्ने भएका हुन् । जसअनुसार भोजपुरीमा तीन जना सांसदले शपथ लिने भएका छन् । यस्तै, तीन जनाले तामाङ भाषामा शपथ लिनेछन् ।

जसमा माओवादीका ७, रास्वपाका ५, जनमतका ४, जसपा र नागरिक उन्मुक्तिका ३–३, स्वतन्त्र २ र कांग्रेस तथा एमालेका एक–एक सांसद सहेका छन्।

कसले कुन भाषामा लिँदैछ शपथ ?

सराज अहमद फारुकी : उर्दु भाषा

हितबहादुर तामाङ : तामाङ भाषा

प्रदीप यादव : भोजपुरी भाषा

रुपा सोसी चौधरी : थारु भाषा

दुर्गा राई : कोइ/कोयू भाषा

रामसहाय प्रसाद यादव : भोजपुरी भाषा

रन्जु कुमारी झा : मैथली भाषा

कान्तिका सेजुवाल : नेपाली खस भाषा

अरुण कुमार चौधरी : थारु भाषा

गंगाराम चौधरी डगौरा : थारु भाषा

लालवीर चौधरी : थारु भाषा

विनिता कुमारी सिंह : मधेसी भाषा

चन्द्रकान्त राउत : मधेसी भाषा

अनिता देवी : मधेसी भाषा

सोनु मुर्मु : सन्याली भाषा

सुमना श्रेष्ठ : नेपाल भाषा

मनिष झा : मैथली भाषा

लक्ष्मी तिवारी : अवधि भाषा

अशोक कुमार चौधरी : थारु भाषा

मिना तामाङ : तामाङ भाषा

असिम साह : नेपाली/मुस्लिम भाषा

सूर्यमान तामाङ दोङ : तामाङ भाषा

महिन्द्रराय यादव : हिन्दी भाषा

उमरादेवी यादव : भोजपुरी भाषा

किरण कुमार साह : संस्कृत भाषा

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार