शुक्रवार, आश्विन २३ गते २०८३

नवनिर्वाचित सांसदहरूले लिए सपथ

बिहिवार , पौष ७, २०७९

काठमाडौं। नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले पद तथा गोपनीयता शपथ लिएका छन् ।

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

प्रतिनिधिसभामा २७५ सदस्य रहेका छन् । उनीहरुले नेपालीसहित मातृभाषामा पनि शपथ लिएका छन् । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राणालाई पद तथा गाेपनीयताकाे शपथ गराएकी थिइन् ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले संसद बैठक सञ्चालन र संसदीय दलको कार्यालयबारे जानकारी गराएका थिए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार