काठमाडौं। नेकपा माओवादी केन्द्रका सांसद तथा अर्थमन्त्री जनार्दन शर्माले पार्टीले आगामी सरकारको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने दाबी गरेका छन्।
बिहीबार शपथ ग्रहणका लागि संघीय संसद् भवन पुगेका अर्थमन्त्री शर्माले गठबन्धनले तोकेकै समयमा सरकार बनाउने बताए।
उनले भने, ‘गठबन्धनमा छलफल भइरहेको छ। माधव कमरेड बिरामी भएर हस्पिटलमा हुनुहुन्छ। उहाँ डिस्चार्ज भएपछि गठबन्धनको बैठक बसेर निर्धारण हुन्छ। मैले मैले भन्दा पहिलो पटक अध्यक्ष प्रचण्ड नै प्रधानमन्त्री बन्नुहुन्छ। तर, निर्णय भएको छैन।’
राष्ट्रपति राजनीतिक व्यक्ति हुने उल्लेख गर्दै उनले बाहिर आएको चर्चाले अर्थ नराख्ने पनि बताए। आगामी राष्ट्रपति रामचन्द्र पौडेल वा माधव नेपालमध्ये एक हुने उनकाे भनाइ छ।