काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको सञ्चालक समितिले सेयरधनीलाई ११ प्रतिशत लाभांश बाँड्ने निणर्य गरेको छ । आज प्रज्ञाभवनमा बसेको बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट ४ प्रतिशत बोनस सेयर र ७प्रतिशत नगद लाभांश बाँड्ने निणर्य गरेको हो ।
गत आर्थिक वर्षमा बैंकको सञ्चालन नाफा ६ अर्ब २८ करोड रुपैयाँ भएको थियो । उक्त वर्ष बैंकको कुल मुनाफा ३ अर्ब ७९ करोड रुपैयाँ थियो । योसँगै बैंकको चुक्ता पुँजी १९ अर्ब ३० करोड रुपैयाँ पुग्नेछ। गत आवमा बैंकको निक्षेप बढेर १ खर्ब ८६ अर्ब ७६ करोड पुगेको छ। अघिल्लो वर्ष कुल निक्षेप १ खर्ब ७९ अर्ब ४० करोड रुपैयाँ थियो ।
त्यस्तै बैंकको कर्जा प्रवाह १ खर्ब ६४ अर्ब ८२ करोड पुगेको छ, जुन अघिल्लो वर्ष १ खर्ब ६१ अर्ब ९१ करोड रुपैयाँ थियो । त्यस्तै बैंकले मेगा बैंकसँगको मर्जरलाई पनि स्वीकृत गरेको छ।
छिट्टै एकीकृत कारोबार गर्ने योजना बैंकको छ। इन्भेष्टमेन्ट बैंकका ८८ शाखा, १३१ एटीएम, २३ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५९ शाखारहित बैंकिङ काउन्टर रहेका छन् ।