प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ। बालुवाटारमा शुक्रबार उनीहरूबीच सत्ता समीकरणबारे छलफल भएको हो।
राष्ट्रपतिबाट सरकार गठनका लागि आह्वान भएको समय दुई दिन बाँकी हुँदा प्रधानमन्त्री देउवाले भेटवार्तालाई तीव्रता दिएका छन्। उनले आफ्नै नेतृत्वको सरकार गठनका लागि दलका नेताहरूसँग सम्बाद गरिरहेका छन्।
संसदमा चार सिट रहेको लोसपाका अध्यक्ष ठाकुरलाई प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुन प्रस्ताव गरेको लोसपाका एक नेताले जानकारी दिए। निर्वाचनमा समेत चुनावी तालमेलका गरेको लोसपा सरकारमा आउन इच्छुक भएपछि देउवाले ठाकुरलाई बोलाएर सरकारमा आउन प्रास्ताव गरेका हुन्।