बुधवार, आश्विन १४ गते २०८३

अन्तराष्ट्रिय पुरुष भलिबल: नेपालले आज किर्गिस्तानको सामना गर्दै

शनिवार , पौष ९, २०७९

काठमाडौं। बगबंन्धु एसियन यू-२३ सेन्ट्रल एसियन जोन अन्तराष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आज शनिबार किर्गिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले लिग चरणको अन्तिम खेलमा किर्गिस्तानको सामना गर्न लागेको हो । ढाकामा हुने नेपाल र किर्गिस्तानबीचको खेल दिउँसो २:४५ बजे सुरु हुनेछ ।

यस अघि नेपालले दुई खेलमा हार व्यहोरीसकेको छ ।

पहिलो खेलमा नेपाल आयोजक बंगलादेश र दोस्रो खेलमा श्रीलंकासँग सोझो सेटमा पराजित भएको हो ।

च्याम्पियनसिपमा  आयोजक बंगलादेशसहित नेपाल,  किर्गिस्तान र श्रीलंकाको सहभागीता रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार