काठमाडौं। सत्तारुढ गठबन्धनको बैठक बाुवाटारमा जारी छ । नयाँ सरकार गठन र शक्ति समीकरण बारे छलफल गर्न बैठक केही बेरअघि सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।
गठबन्धन बैठकअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री शेरबहादुर देउवाबीच छलफल भएको थियो ।
नयाँ सरकार निर्माणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसिमा सकिन १ दिन मात्र बाँकी रहदा दलहरुको दैडधूप बढेको छ।
शनिबार बिहान कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी अध्यक्ष प्रचण्डलाई उनको निवास खुमलटारमा भेटेका थिए । सो क्रममा उनले हालको गठबन्धन यथावत राख्न जोड दिएका थिए । यस्तै प्रचण्डले पनि नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्षसंग भेट गरेका थिए।