काठमाडैं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश मध्यावधितिर जान संक्ने संकेत गरेका छन्। एमाले प्यूठान-काठमाडौं सम्पर्क मञ्चले पार्टी कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा ओलीले सरकार गठनमा देखिएको अल्झनले यो संकेत गरेको बताए।
ओलीले एमाले बाहेकका दललाई देशको अवस्थाका बारेमा नभई सरकार गठनको कर्मकाण्डमा के पद खान पाउँछु भन्ने मात्रै चिन्ता रहेको आरोप लगाए।
स्थिरता, स्थायित्व, देशको अवस्थामा सुधार, समाजलाई अनुशासनमा फर्काउने चाहना र राष्ट्रियताका सवालमा एमालेको धारणामा सहमत हुने दललाई समर्थन र सहकार्य हुनसक्ने ओलीको भनाइ छ ।
कार्यक्रममा ओलीले पुष्पकमल दाहालको पुनः प्रधानमन्त्री हुने चाहना पूरा नहुने दाबी गरे। फेरी एकपटक प्रधानमन्त्रीका हुनका लागि दाहालले अधिकतम प्रयास गरिरहेका बेला पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले सो प्रतिक्रिया दिए।