शुक्रवार, आश्विन १६ गते २०८३

अन्तर्राष्ट्रिय जुत्ताचप्पल औद्योगिक प्रदर्शनी हुने

शनिवार , पौष ९, २०७९

काठमाडौं। स्वदेशी र विदेशी व्यवसायीबीच व्यवसाय प्रवर्धन गर्ने उद्येश्यले काठमाडौंमा ‘अन्तर्राष्ट्रिय जुत्ताचप्पल औद्योगिक प्रदर्शनी’ हुने भएको छ । यही पुस २१ देखि २३ गतेसम्म जुत्ता उत्पादक सङ्घ नेपालको आयोजनामा ‘गोल्डस्टार १६औँ अन्तर्राष्ट्रिय जुत्ताचप्पल औद्योगिक प्रदर्शनी-२०७९ हुन लागेको हो । 

सो मेलाको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

स्वदेशमा उत्पादित जुत्ताचप्पललाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन आवश्यक रहेको उल्लेख गर्दै सङ्घका अध्यक्ष नानीराज घिमिरेले मेलाको ९० प्रतिशत काम सम्पन्न भइसकेको बताए। 

अन्तर्राष्ट्रियस्तरको जुत्ताचप्पल मेलाले विदेशमासमेत नेपाली उत्पादन निर्यात गर्न सहज हुने अध्यक्ष घिमिरेले बताए। 

यस्तै सङ्घका उपाध्यक्ष एवं मेलाका संयोजक सुरज बञ्जाडेले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका कच्चापदार्थ, मेशीनरी सप्लायर्स र क्रेता मेलामा सहभागी हुने बताए। उनले भने,'मेलाबाट जुत्ताचप्पलको व्यापार प्रवद्र्धनमा सहयोग पुग्नेछ।'

प्रदर्शनीमा नेपालभरका जुत्ताचप्पल व्यवसायसँग सम्बधित उद्योगीका लागि कक्ष बुकिङ खुला गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार