शुक्रवार, आश्विन २३ गते २०८३

प्रधानमन्त्रीमा दाबी गर्न शितल निवास पुगे प्रचण्ड र ओली

आइतवार , पौष १०, २०७९

काठमाडौं । प्रधानमन्त्री दाबी गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली शितल निवास पुगेका छन्।

नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहित ७ दलको समर्थन जुटाएर प्रचण्ड आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्तावसहित शितल निवास पुगेका हुन् । उनको पत्र दर्ता भएको शीतल निवास स्रोतले जनाएको छ । 

प्रधानमन्त्रीमा दाबी गर्न राष्ट्रपतिले संविधानको धारा ७६ को २ अनुसार दलहरूलाई दिएको एक साताको समय आज अपरान्ह ५ बजे सकिँदैछ।

प्रचण्डको नेतृत्वमा बहुमतको सरकार बनाउन ७ दलको समर्थन रहने भएको छ । जसअनुसार प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले, रास्वपा, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीको समर्थन रहनेछ । ती सबै पार्टीबाट सांसदको संख्या १६६ हुन आउँछ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार